नियम १५
सम्पर्क अधिकृतको काम, कर्तव्य र अधिकार

सम्पर्क अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

(क) इजाजतपत्रमा उल्लेख भए बमोजिमको कथावस्तु अनुरूप सम्बन्धित ठाउँमा मात्र चलचित्र छाँयाङ्कन गर्न लगाउने,
(ख) निर्माताले कथावस्तु र छायाङ्कन गर्ने ठाउँ परिवर्तन गर्न चाहेमा आफ्नो राय मन्त्रालय समक्ष पेश गर्ने,
(ग) नेपालको अन्तरिम संविधान, २०६३ को मूल भावना विपरित हुन जाने विषय, मुलुकको सार्वभौमसत्ता, अखण्डता, शान्ति सुरक्षा र संस्कृतिमा आँच आउने विषय र नेपाली नागरिक वा कुनै जनजाति विशेषको बारेमा रुग्ण वा नग्न चित्रण छाँयाङ्कन
गर्न नदिने,
(घ) राष्ट्रिय प्रतिष्ठामा आँच आउने किसिमका दृश्यहरू छायाङ्कन गर्न नदिने,
(ङ) नेपाल सरकारबाट निषेधित क्षेत्रमा सम्बन्धित निकायको स्वीकृति नलिई छायाङ्कन गर्न नदिने र निषेधित क्षेत्र भए नभएको सम्बन्धमा शङ्का लागेमा सम्बन्धित प्रहरी तथा निकायमा बुझ्ने ।
(च) चलचित्र छायाङ्कन गर्न नपाइने क्षेत्रमा निर्माताले जवरजस्ती चलचित्र छायाङ्कन गरेमा सो कुराको जानकारी छिटो साधनद्वारा मन्त्रालयमा गराउने,
(छ) मन्त्रालयले दिएको निर्देशनको पालना गर्ने,
(ज) चलचित्र छायाङ्कन गरेको ठाउँ र विषयमा चलचित्र छायाङ्कन समाप्त भएको मितिले बाटाको म्यादबाहेक सात दिनभित्र मन्त्रालय समक्ष प्रतिवेदन पेश गर्ने ।